बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आज पनि मेघगर्जन र हुरीबताससहित पानी पर्ने

शुक्रबार, जेष्ठ १७ २०७६

काठमाडौं जेठ, १७–
 मौसम पूर्वानुमान महाशाखाका अनुसार  शुक्रबार पनि उपत्यकासहित मध्य र पूर्वको मौसम आशिंकदेखि सामान्य बदली हुनेछ । 

भारतको विहारमा बनेको न्यूनचापीय रेखाको प्रभावले मध्य र पूर्वसँगै पश्चिमको पहाडी क्षेत्रको मौसम एकैछिन खुलेपनि दिउँसोपछि मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको महाशाखाकी मौसमविद् विभूति पोख्रेलले जानकारी गराइन् । 
उनका अनुसार अन्य ठाउँको मौसम पनि आशिंक बदली हुनेछ  । मौसमविद् पोख्रेलका अनुसार शनिबारदेखि पश्चिमी वायु नेपाल प्रवेश गर्ने देखिएकाले एक दुई दिन देशभरी कै मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्नेछ । 

बुधबारदेखि नै पानी परिरहेकोले बढ्दै गइरहेको गर्मी भने केही घटेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार शुक्रबार काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम १६ दशमलव ५ डिग्री र अधिकतम तापक्रम ३० डिग्री सेल्सियस रहेको छ ।