बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

लक्ष्मण सिटौलाको ‘मीटु’ बजारमा

सोमबार, जेष्ठ १३ २०७६

काठमाडौं जेठ, १३–
गीतकार र उपन्यासकारका रूपमा नेपाली साहित्य आकाशमा सुपरिचित लक्ष्मण सिटौलाले यो पटक कथा संग्रह ‘मीटु’ लिएर आएका छन । साहित्यका सबै बिधा गीत निबन्ध जिवनी उपन्यास आदिमा शसक्त रूपमा कलम चलाउने सिटौलाको पछिल्लो कृति कथा संग्रह मीटु ले अहिले निकै राम्रो चर्चा बटुल्न सफल भएको छ । २०७१ सालमा प्रकाशित उनको ‘आर्या’ उपन्यासमा चलचित्र समेत निर्माण भइ अहिले प्रदर्शनको तयारीमा छ । दिनैजसो हुने साहित्यका मेला ,पुस्तक बिमोचन कवि गोष्ठी ,पुरस्कार बितरण जस्ता कार्यक्रममा जान मन नपराउने सिटौला साहित्य साधनामा मात्रै बिश्वास गर्छन ।
अहिले साहित्य बजारिया  हल्लाखोरको बिषय बन्दै गएको,  गुटबन्दी र लेनदेनमा पुरस्कृत हुने परम्परा चलेकोमा उनी दुखी छन। गुदि हुनेहरू मौन बस्ने बोक्रा बोक्नेहरु धेरै हल्ला गर्ने परम्पराले नेपाली साहित्यको गुणात्मक समृद्धि  बिगार्दै गएको कुरा गरे उन्ले । हिजो महाकवी देवकोटा देखि आज पर्यन्त जिवित साहित्यकार माधव घिमिरेका कुनै पनि कृति बिना बिमोचन बिना हल्ला नै जनताको मुटुमा बस्न सफल भएका छन यस्को ठिक बिपरित आजको साहित्य सिर्जनात्मक गुणवत्तामा भन्दा पनि पाठकका आखामा भ्रम पैदा गराएर जवरजस्त बिकाउने परम्परा बस्दै गएको र यस्ले नेपाली साहित्यमा युगिन बिचार र चिन्तन जन्म परम्परालाई नै भ्रमित पारेको कुरा उनी ब्यक्त गर्छन । साहित्य हल्ला र बिज्ञापनको बिषय होइन यो त आत्मा प्रमोदिताको बिषय मान्ने सिटौलाका करिब दुई दर्जन साहित्यिक कृति प्रकाशित छन । उनका  थुप्रै कृतिहरुमा त्रिभुवन बिश्वबिद्यालयबाट अनुसन्धान समेत भैसकेको छ ।
पछिल्लो कथा संग्रह मीटु पनि एक महिना भित्र कुनै हल्ला र बिज्ञापन बिना नै दोस्रो सस्करणमा आइपुगेको छ । मीटु कथा संग्रह भित्रका २८ कथाले अहिलेको युवा पिढिको मानसिकतालाइ बिम्बित गरेको छ । फेसबुकको दुरुपयोग देखि महिला बर्गले भोग्न परेका ज्यादतीलाई कथाहरुले राम्रोसँग उछालेको छ । यौनको तिर्खा मनुष्य जीवनको स्वाभाविक आचरण हो तर आवश्यकता भन्दा बढी भो भने यस्ले समाज र परंरागत सस्कृतिलाइ बिगार्छ भन्ने मान्यता बोकेको यसै भित्रको मीटु शिर्ष कथाले रोमान्चित ढंगले ब्यक्त गरेको छ । समाजमा पुरुषलाई मात्रै दोष दिएर महिलालाई जोगाउने परम्परा राम्रो होइन स्त्री पनि खराब हुन्छन् भन्ने कुराको याद यो कथाले दिलाएको छ ।