काठमाडौ जेठ, ६–
मुक्तिनाथ विकास बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं १, महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमल पोखरीको अगाडि सडक पेटी बाहेकको खाली चौंरमा वातारण मैत्री हरित गार्डेन बनाएको छ ।
काठमार्डौ महानगरपालिका वडा नं १ र महानगरीय प्रहरी वृत सामुदायिक शाखासँग सहकार्य गरी बैंकले सडक पेटीको खाली चौंरमा हरित गार्डेन बनाएको हो । बैकंले कमलपोखरी टोललाई थप आकर्षित तथा सफा राख्नका लागि गार्डेन बनाएको हो । 