काठमाडौं । सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिइरहेका छन् ।
प्रधानमन्त्रीले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै बैठकलाई सम्बोधन गर्दै जवाफ दिइरहेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
आजको बैठकमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिएपछि नीति तथा कार्यक्रममाथि प्राप्त भएका ३७ वटा संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसपछि नीति तथा कार्यक्रम आजै पारित गर्ने कार्यसूची छ ।