बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नाउपामा संरक्षक रेशम चौधरी रिहा

बुधबार, बैशाख १७ २०८२

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरी रिहा भएका छन् ।

सर्वोच्च अदालतको अनधिकृत पत्रका आधारमा आज प्रज्ञा प्रतिष्ठानबाट पक्राउ गरेर चौधरीलाई डिल्लीबजार कारागार लगिएको थियो ।

तर, उक्त पत्र अनधिकृत भएको पाइएसँगै सर्वोच्चले अर्को पत्र लेख्दै छाड्न भनेको थियो ।

सोही अनुसार चोधरीलाई केहीबेर अघि रिहा गरिएको हो ।