बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ग्रामीण विकास लघुवित्तको ३२ करोड ७५ लाखको हकप्रद खुल्ला

शुक्रबार, बैशाख २७ २०७६

काठमाडौं वैशाख, २७–
ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले ३२ करोड ७५ लाख रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री खुल्ला भएको छ । संस्थाले पुँजीवृद्धिको लागि हाल कायम रहेको चुक्ता पुँजी ६५ करोड ५० लाख रुपैयाँबाट एक दशमलव शून्य ५० प्रतिशतको अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको ३२ लाख ७५ हजार कित्ता हकप्रद सेयरको बिक्री खुल्ला गरेको हो । 
बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलमार्फत यही वैशाख २७ गते अर्थात आज शुुक्रबारबाट खुल्ला भएको हकप्रद सेयरको बिक्री कार्य जेठ ३० गतेसम्म कायम रहनेछ । अधिकृत पुँजी एक अर्ब तथा जारी पुँजी ९८ करोड २५ लाख रुपैयाँ रहेको संस्थाको हकप्रद सेयरको बिक्रीपश्चात् भने चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।