काठमाडौं वैशाख, २७–
जनसेवी लघुबित्त बित्तीय संस्थाको चार करोड ६३ लाख ३० हजार रुपैयाँ बराबरको साधारण सेयरको बिक्री खुल्ला भएको छ । संस्थाले यही बैशाख २७ गते अर्थात आज शुुक्रबारबाट हाल कायम रहेको जारी पुंजी १४ करोड ४३ लाख ३० हजार रुपैयाँ मध्येबाट ३२ दसमलव १० प्रतिसको अनुपातमा एक् सय रुपैयाँ अंकित मुल्य कायम रहनेगरी चार लाख ६३ हजार तीन सय कित्ता साधारण सेयरको बिक्री खुल्ला गरेको हो ।
बिक्री प्रर्वन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको संस्थाको साधारण सेयरको बिक्री कार्य छिटोमा यही बैशाख ३१ गते र ढिलोमा जेठ २६ बन्द हुुने छ । बिक्री खुल्ला भएको कुुल सेयर मध्येमा चार लाख ३२ हजार नौ सय ९० कित्ता सर्वसाधारणको लागि, २३ हजार एक सय ६५ कित्ता सामुुहिक लगानी कोषको लागि र सात हजार एक सय ४५ कित्ता कर्मचारीहरुको लागि छुट्याईएको छ । संस्थाका अनुसार लगानीकर्ताहरुले न्युनतम १० देखि अधिकतम एक हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् ।
अधिकृत पुंजी ३० करोड र जारी पुंजी १४ करोड ४३ लाख ३० हजार रुपैयाँ रहेको संस्थाको हाल चुक्ता पुंजी नौ करोड ८० लाख रुपैयाँ रहेको छ । साधारण सेयरको बिक्री पश्चात भने संस्थाको चुक्ता पुंजी १४ करोड ४३ लाख ३० हजार रुपैयाँ पुुग्ने छ ।