बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नियन्त्रित लागूऔषध सहित एकजना पक्राउ

बुधबार, बैशाख २५ २०७६

रुपन्देही वैशाख २५–
सिद्धार्थनगर नगरपालिका १ डण्डाबाट मायादेबी गाउँपालिका १ बस्ने २० वर्षीय अनिल चौधरीलाई नियन्त्रित लागूऔषध  डाईजेपाम १ सय ९१ एम्पुल, फेनारागन १ सय ९१ एम्पुल, नुर्फिन १ सय ९१ एम्पुल, मोबाईल १ थान र नगद १६ हजार रुपैयाँ सहित मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । 
साथै उक्त लागूऔषध लिन आएका कपिलबस्तु बाणगंगा नगरपालिका ११ बस्ने ३८ वर्षीय बुद्धेश्वर चौधरीलाई समेत सोही नगरपालिका ५ गल्लामण्डीबाट प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।