काठमाडौं । आज भोलि विभिन्न कारणले वैवाहिक जीवन खुसी र सुखी हुन नसकेको धेरैको गुनासो सुनिन्छ । अझ सानातिना मतभेदकै कारण पनि पारिवारिक सम्बन्ध टुट्ने गरेका कयौं उदाहरण छन् । केही त्यस्ता मतभेद हुन्छन् जसले श्रीमान श्रीमतिबीच सम्बन्ध बिच्छेदसमेत गराउँछ ।
श्रीमान्–श्रीमतीबीच कस्ता कुराले समस्या सिर्जना हुन्छ ? र दाम्पत्य जीवनलाई कसरी सफल बनाउन सकिन्छ भनेर यहाँ चर्चा गर्ने प्रयास गरिएको छ ।
पतिपत्नीले एक–अर्काको विचार तथा भावनाको सम्मान वा कदर नगर्दा मनमा गहिरो चोट लाग्न सक्छ । मानिसले सबै कुरा गुमाउन सक्छ, तर आत्मसम्मान गुमाउन चाहँदैन । त्यसैले दाम्पत्य जीवन सुखमय बनाउन एक–अर्काप्रति सम्मान गर्नुपर्छ ।
वैवाहिक जीवनमा समर्पण, त्याग, परस्पर सम्मान आदि कुराको महत्त्व हुन्छ । एक–अर्काका कुरा नबुझ्ने, अन्तक्र्रिया नगर्ने, एकअर्कासँग विश्वास कायम गर्न नसक्नेजस्ता कारणले पनि सम्बन्धहरू बिग्रिरहेका देखिन्छन् ।
विवाहपछि पति पत्नीबीच विवाद झगडा सामान्य कुरा हुन् । यस्तो समयमा विवाद समाधान तर्फ अघि बढ्न जरुरी हुन्छ । यसको समाधानका लागि प्रेम पूर्वक सम्झाउनु पर्छ ।
पति पत्नीबेडरुम वा एकान्तमा हुँदा केवल एक अर्काको कुरा गर्नुपर्छ । यस्तो अवस्थामा तेस्रो व्यक्तिको कुरा गर्नु उपयुक्त हुँदैन र यस्तो कुराकानीले पति पत्नीबीचमा समस्या उत्पन्न गराउँछ ।
श्रीमान्-श्रीमतीको सम्बन्ध विश्वासमा आधारित हुन्छ । त्यसैले एक अर्काको कुरा सुन्ने र त्यसमा विश्वास गर्नुपर्छ । यदि पति वा पत्नीले आफ्नो पार्टनरको कुरामा विश्वास नगरेर अन्य व्यक्तिको कुरा सुनेर त्यसमा विश्वास गर्दा सम्बन्ध बिग्रन सक्छ । गल्ती जोकोहीबाट हुनसक्छ । तर, राम्रो सम्बन्ध कायम राख्न त्यो गल्तीलाई स्वीकारेर माफी माग्नुपर्छ । गल्ती भएको अवस्थामा आफ्नो गल्तीका लागि स्वेच्छाले माफी माग्ने र सच्याउन सक्ने क्षमता हुनुपर्छ । यसो गर्दा सम्बन्ध अझै प्रगाढ हुन्छ ।
पत्रपत्रिकाको सहयोगमा