बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएका छौँ : प्रधानमन्त्री मोदी

शुक्रबार, चैत्र २२ २०८१

काठमाडौँ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई भारतले ठूलो प्राथमिकता दिएको बताएका छन् ।

थाइल्याण्डको बैङ्ककस्थित होटल माडारिन ओरियन्टलमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्तापछि छलफल फलदायी भएको बताए ।

“हामीले भारत–नेपाल मित्रताका विभिन्न पक्षहरु विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरुमा छलफल गर्‍यौँ”, सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री मोदीले भनेका छन् उनले यसवर्षको बिम्स्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरु विशेष गरी विपद् व्यवस्थापन र समुन्द्री यातायातका क्षेत्रहरुमा पनि कुरा गरेको बताए ।