काठमाडौं वैशाख, १७–
नबिल बैंक र प्ले फर डिप्राईभ्ड चिल्ड्रेन नेपाल (पिडिसीएन)बीच सम्झौता भएको छ । बिशेषत बास्केटबल खेलमा युवाहरुको सकृयता प्रबर्धन गर्नको लागि नबिल बैंक नेपाल बास्केटबल लिगको बैंकिङ साझेदार बनेको हो ।
काठमाडौंको महाराजगन्ज स्थित नेपाल पुलिसको प्रिशिक्षणालयमा आयोजित एक कार्यक्रममा नेपाली राष्ट्रिय टोलीका कप्तान सुश्री सदिना श्रेष्ठ र सधिश प्रधानको उपस्थितिमा नबिल बैंकका प्रमुख कार्यकारी अधिक्रित अनिल केशरी शाह र प्ले फर डिप्राईभ्ड चिल्डे«न नेपालका अध्यक्ष अरुण कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुुन् ।
नेपाल बास्केटबल लिग बैशाख १५, २०७६ बाट सुरु भएर श्रावण ६, २०७६ मा समापन हुनेछ । पिडिसीएनका अध्यक्षका अनुसार यो प्रतियोगिता ५५ दिनसम्म चल्नेछ । प्रतियोगितामा प्रथम, द्वितिय र त्रितिय स्थान हासिल गर्ने बिजयी टोलिले क्रमश दुुई लाख, एक लाख र ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने छ ।
कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले सम्झौताबारे प्रकाश पार्दै भने “हामी नेपाल बास्केटबल लिगको बैंकिङ साझेदार बन्न पाउदा ज्यादै खुशी छौ किनकी हामी विश्वस्त छौ कि यो प्रतियोगिताको संरचनाले बास्केटबल खेललाई देशैभरी नै राम्रो गति प्रदान गर्ने कुरामा दुई मत नहोला । लिगको हिस्सेदार बन्न पाउनु नबिल बैंकको सौभाग्य हो र नबिल बैंकले यो प्रतियोगिता वास्तवमै अबिस्मरणिय रुपमा सम्पन्न होस् भन्ने अपेक्षा राख्दछ ।