बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कांग्रेस अनुशासन समितिको चेतावनीः पार्टी हितविपरित अभिव्यक्ति दिने नेता कार्यकर्तामाथि कारबाही

आइतबार, बैशाख १५ २०७६

काठमाडौं वैशाख, १५–
कांग्रेस केन्द्रीय अनुशासन समितिले राष्ट्रिय जागरण अभियानमा पार्टीहित विपरित अभिव्यक्ति दिने नेता कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएको छ । आइतरबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको अनुशासन समितिको बैठकले जागरण अभियानलाई   मर्यादित र अनुशासित बनाउन नेपाल प्रजातान्त्रिक कानून व्यवसायी संघ (डिएलए) लाई अनुगमनको जिम्मेवारी दिएको जनाएको छ । 
 बैठकले डिएलएललाई ७७ वटै जिल्लामा स्थलगत अनुगमन तथा निरीक्षणमा खटाउने निर्णय गरेको हो ।

पार्टीका सचिव प्रेम केसीद्वारा जारी विज्ञप्तिमा जागरण अभियानको क्रममा पार्टी हितविपरित  अभिव्यक्ति कसैले दिएमा तत्काल केन्द्रीय अनुशासन समितिलाई जानकारी दिन भनिएको छ । 

काँग्रेसको पहिलो चरणको राष्ट्रिय जागरण अभियान वैशाख २५ गतेदेखि जेठ २५ गतेसम्मका लागि तय भएको छ । जिल्ला केन्द्रित यो अभियानपछि काँग्रेसले भाद्र २४ गतेबाट वीपी जयन्तीका अवसर पारेर ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा कार्यक्रम गर्नेछन् । तेस्रो चरणमा ७ सय ५३ पालिकामा मेलमिलाप दिवस पारेर पुस १६ गतेबाट अभियान सुरु हुनेछ ।

जागरण अभियानमा पार्टीका संगठन सुधार, सदृढीकरणका अतिरिक्त पार्टीको सदस्यता व्यापक वितरण, भ्रष्टाचार, मूल्यवृद्धि, हत्या हिंशा र बलात्कारका घटनालाई समेत उठाउने  कांग्रेसले जनाएको छ ।