बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेविसंघले विष्णु पौडेललाई क्षतिपूर्ति रकम पठायो

आइतबार, बैशाख १५ २०७६

बुटवल वैशाख, १५–
कांग्रेस भातृसंस्था नेपाल विद्यार्थी संघले  नेकपा महासचिव विष्णु पौडेलले क्षतिपूर्ति दिन भन्दै  एक रुपैयाँ संकलन अभियान सुरु गरेको छ । बालुवाटारस्थित ललितानिवास जग्गा विवादमा मुछिएका  महासचिव पौडेलले जग्गा खरिद गर्दा  ठगिएकाले क्षतिपूर्ति दिन संकलन सुरु गरेको नेविसंघले जनाएको छ ।  सरकारका प्रवक्ता गोकुल बास्कोटाले केही दिन अघि पौडेल ठगिएकाले क्षेतिपूर्ति पाउनुपर्ने भनाइलाई व्यंग्य गर्दै नेविसंघले एक रुपैयाँ संकलन अभियान सुरु गरेको हो । 

नेविसंघ रुपन्देहीले संकलन गरेको ६५५ रुपैयाँ आइतबार इलाका प्रशासन कार्यालय बुटवलमार्फत प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापालाई पठाइएको केन्द्रीय सदस्य जमुना ढकालले बताइन् । 

इलाका प्रशासन कार्यालय बुटवलका उपसचिव प्रकाशचन्द्र अधिकारीले नेविसंघको क्षतिपूर्ति रकम बुझ्दै  जस्ताको तस्तै मन्त्रिपरिषदको कार्यालयमा पठाउने बताए ।