बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आठौं एनएमबि बैंक हेरिटेज वाक सम्पन्न

शनिबार, बैशाख १४ २०७६

काठमाडौं वैशाख, १४–
एनएमबि बैंकले विश्व सम्पदा दिवसको उपलक्षमा आठौं एनएमबि बैंक हेरिटेज वाक २०१९ आयोजना गरेको छ । बैंकले विगत वर्षहरु देखि आम जनमानस तथा स्थानीय समुदायलाई सम्पदाको महत्व बुझाउनु तथा तिनको उचित संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले हेरिटेज वाक कार्यक्रम आयोजना गर्दै आएको छ ।   
बैंकले विगत ७ वर्ष देखि हेरिटेज वाकको आयोजना गर्दै आएको छ । कार्यक्रमको उद्घाटन बैंकका  संचालकहरु तथा प्रमुख कार्यकारी अधिकृत सुनिल के.सीले संयुक्त रुपमा गरेका थिए  । हेरिटेज वाक बैंकको सितापाइला शाखा कार्यालयबाट शुरुवात भई स्वयम्भूनाथमा पुगि समापन भएको थियो । स्वयम्भूनाथ परिसरमा सरसफाई तथा फोटो प्रदर्शनी गरिएको थियो । प्रदर्शनीमा बैंकका कर्मचारीहरुद्धारा खिचिएको देशका विभिन्न सम्पदाहरुको उत्कृष्ट फोटोहरु राखिएको थियो । साथै, बैंकले स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका प्रतिनिधिलाई १६ थान डष्टवीन समेत हस्तान्तरण गरेकोे थियो ।
साथै बैंकले आठौं एनएमबि बैंक हेरिटेज वाक २०१९  को उपलक्ष्यमा आफ्नो सातैवटा प्रादेशिक कायालयहरु मर्फत  विभिन्न सम्पदाहरुको सरसफाई कार्यक्रम समेत संचालन गरेको छ ।