बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ओम डेभलपमेन्ट बैंकको तेस्रो त्रैमासिक नाफा ३४ करोड ७३ लाख

बिहिबार, बैशाख १२ २०७६

काठमाडौं वैशाख, १२–
ओम डेभलपमेन्ट बैंकले चालुु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा ३४ करोड ७३ लाख ७४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा २६ करोड ६२ लाख ८६ हजार रुपैयाँ रहेको थियो ।
चुक्ता पुंजी दुुई अर्ब ५१ करोड ५२ लाख ३५ हजार रुपैयाँ रहेको बैंैकले चालुु आवको तेस्रो त्रैमासिक अवधिमा २४ अर्ब ७९ करोड ८९ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब ४९ करोड ५१ लाख २१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ७७ करोड ९४ लाख १४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकको प्रोभिजन रकम १० करोड ६६ लाख ६१ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात शुन्य दशमलव ९५ प्रतिशत रहेको छ । 
गत आवको सोही अवधिमा बैंकले १९ अर्ब १४ करोड ७१ लाख ५१ हजार रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब १० करोड ६० लाख ९२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ५३ करोड ९६ लाख ९६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जाको अनुपात शुन्य दशमलव ८२ प्रतिशत रहेको थियो ।