काठमाडौं वैशाख, ११–
आज बुुधबार पनि नेप्सेले छलाङ मारेको छ । नेप्से सुचक तथा कारोबार रकम दुुबै बढ्दा सेयर लगानीकर्ताहरु आज पनि हर्षित देखिएका छन् । आज नेप्से १९ दशमलव १४ अंकले बढेर १२ सय ७९ दशमलव २९ अंकमा पुुग्दा सेन्सिटिभ पनि चार दशमलव ८९ अंकले बढेर दुुई सय ७६ दशमलव ९४ अंकमा चढेको छ । आज एक सय ७२ कम्पनीहरुको नौ हजार छ सय नौ वटा कारोबारमा ३४ लाख आठ हजार तीन सय ७४ कित्ता सेयर किनबेच भएका छन् भने सेयर कारोबार रकम ९५ करोड तीन लाख चार हजार चार सय १० रुपैयाँ पुुगेको छ ।
आज १० वटा समुहको कारोबार भएकोमा जलबिद्युुत र उत्पादनमुुलक समूहले गुमाए पनि बाँकी समुहको कमाएका छन् । कमाउने समुहमा परेको वाणिज्य बैंक समुहको सुचक २७ दशमलव दुुई अंकले बढेर ११ सय ८७ दशमलव ५९ चढेको छ । विकास बैंक समुहको सुचक पनि ३९ दशमलव ३४ अंकले बढेर १५ सय ३९ दसमलव ६८ अंकमा चढेको छ । निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, अन्य र लघुबित्त समुुहको सुचक पनि बढेका छन् ।
कमाउने कम्पनीहरुकोे सुचीमा आज एभरेष्ट इन्स्योरेन्स कम्पनी, सामुुदायिक लघुुबित्त वित्तीय संस्था आदि परेकाछन् भने गुमाउने कम्पनीहरुको सुचीमा राधी जलबिद्युुत कम्पनी, सिभिल लघुबित्त बित्तीय संस्था आदि परेकाछन् । यसैगरी रकम कारोवार भएकोमा आधारमा भने आज नेपाल बैंक, ग्लोवल आईएमई बैंक आदि परेकाछन् ।