मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

किन बढ्दैछ नेपालमा वायु प्रदुर्षणको समस्या

सोमबार, फाल्गुन २६ २०८१

नेपालमा वायु प्रदुर्षणको समस्या दिन दुई गुणा रात चौगुणा बढ्दै गएको छ । जलवायु परिवर्तन, वायु तथा ध्वनि प्रदुषण, बेमौसमी बाढी, आँधी–बेहरी, हिम पहिरो, वन–जंगलमा लाग्ने डढेलो, एक्कासी बढ्ने गर्मी, अचानक हुने मौसम परिवर्तन आष्दि यसका केही उदाहरणहरु हुन ।

सन् २०२० मा आएको स्तै हौ आएको पछिल्लो तथ्यांकअनुसार काठमाण्डौको एयर क्वालिटी इन्डेक्स (एक्युआई) समग्रमा १९६ मा रहेको छ । जबकि विश्व स्वास्थ्य संगठनले ५० एक्युआईलाई राम्रो मानेको छ भने, १०० एक्युआईलाई ठिकठिकै मानेको छ । तर, जब १०० एक्युआई नाघ्छ, तब अवस्थ्यकर मान्छ । यसरी समग्रमा हेर्दा काठमाण्डौको एयर क्वालिटी इन्डेक्स (एक्युआई) १९६ मा रहनु भनेको खतराकै घण्टी मान्नुपर्ने हुन्छ । यो स्तरको अस्वस्थ्कर वायु प्रदुषणले जेष्ठ नागरिक, दीर्घरोगीहरु, गर्भती महिला र बालबालिकाको स्वस्थ्यलाई नराम्रोसँग असर परिहेको हुन्छ ।

यसै सम्बन्धमा यो लेखमा विश्वको मानव स्वास्थ सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा अध्ययन र अनुसन्धान गर्दै आई रहेको ‘हेल्थ मेट्रिक्स एन्ड इभालुएसन’ (एचएमई) नामक जन स्वास्थ सम्बन्धी संस्थाले गरेको एक अध्ययनअनुसार सन् २०२१ को एक वर्षमा मात्रै वायु प्रदुषणका कारण विश्वमा ८१ लाख मानिसहरु मरेका थिए । स्मरणीय छ, सो संस्था सन् २००७ जुलाईमा मात्रै स्थापना भएको भए तापनि विश्वका विभिन्न संघ–संस्थाहरुसँग मिलेर धेरै राम्रो र ठूलो योगदान गरिरहेको देखिन्छ । पछिल्लो पटक ‘हेल्थ मेट्रिक्स एन्ड इभालुएसन’ (एचएमई) नामक संस्थाले संयुक्त राष्ट्र संघ मातहत रहेको ‘द युनाईटेड नेसन्स चिल्ड्रेन फन्ड (युनिसेफ)’ सँगको सहकार्यमा गरिएको अध्ययनमा सन् २०१९ मा वायु प्रदुषणका कारण मात्रै विश्वमा ८१ लाख मानिसहरु मरेको तथ्यांक आएको थियो । यसरी हेर्दाखेरि कसैले हत्तपत्त नपत्याउने देखिन्छ कि, वायु प्रदुषणका कारण एक वर्षमा विश्वमा ८१ लाख मानिसहरु मर्छन् त ? तर, यो तथ्य–तथ्यांक वास्तविक नै हो । हुनत उस्तै खालका सामान्य मानिसहरुले सुन्दा पत्याउनै नसक्ने र सामान्य लाग्ने कुरो हो, वायु प्रदुषणका कारण नै विश्वभरिका विभिन्न देशमा वर्षेनी ८१ लाख मानिनसहरु मरिरहेका छन् र ? अर्को एक अन्तर्राष्ट्रिय संस्था ‘स्टेट अफ ग्लोबल एयर–२०२०’ नामक संस्थाको प्रतिवेदनअनुसार सन् २०१९ मा नेपालमा मात्रै वायु प्रदुषणका कारण ४२ हजार एक सय जना मानिसहरुले आफ्नो अमूल्य ज्यान गएका थिए । स्रोतः सेतोपाटी अनलाईन, २०८० भदौ २२ ।

अझ कतिपयलाई त सुन्दा रमाईलो पनि लाग्ला । तर, वायु प्रदुषणका सम्बन्धमा अर्को पनि नपत्याउने खाले तथ्य रहेको छ । जुन तथ्यलाई आम मानिसहरुले हत्तपत्त पत्याउने छैनन् । तर त्यो पनि वास्तविक तथ्य नै रहेको छ । त्यो के हो भने, वायु प्रदुषणका कारण अहिले विश्वमा जति संख्यामा मानिसहरु मरिरहेका छन्, ती मध्ये ५८ मानिसहरु पिएम २ अथवा भनौं धुलो र धुवाँमा मिसिने अति सुक्ष्म र स–साना विषाक्त कणका कारण मर्ने गर्छन् । जुन कणलाई वैज्ञानिकहरुले माईक्रोस्कोपिक टेलिस्कोप (दुरबिन) ले मात्रै देख्न सक्छन् । अध्ययन माथि उल्लेखित संस्थाले प्रकाशित गरेको अध्ययन प्रतिवेदनले अर्को रोचक पक्ष के उजागर गरेको छ भने, घरभित्रको प्रदुषणको कारण मात्रै विश्वमा वर्षेनी ३८ प्रतिशत मानिसहरु मर्ने गरेका छन् भने, ओजोन तह विनासका कारण चाहिँ केवल ६ प्रतिशत हाराहारी मानिसहरु मात्रै वर्षेनी मर्ने गरेका रहेछन् ।

यसरी हेर्दा विगत लामो समयदेखि वायु प्रदुषणसँगै हामीलाई जलवायु परिवर्तनका कारणले पनि अनेक प्राकृतिक विपत्तिहरुले गाँज्ने गरेको छ । त्यसो त धेरै पहिलेदेखि विश्व जलवायु परिवर्तन र त्यसका कारण हुने वायु प्रदुषणका सम्बन्धमा खोज, अनुसन्धान र विभिन्न काम गर्दै आएका वैज्ञानिक तथा विज्ञको भनाइलाई अटेर गर्दा पनि (खास गरी विकशित देशका सरकार प्रमुखहरुले) विश्वभरि नै अहिले आएर लगातार रुपमा असामान्य ढंगले जलवायु परिवर्तन हुँदै गएको परिस्थिति हो । सोही कारण विश्वका विभिन्न देशमा बेमौसममा पनि अचानक मौसम परिवर्तन हुने, हिम पहिरो आउने, हिम ताल फुट्ने, अति वृष्टि र अनावृष्टि हुने, मुसलधारे वर्षा हुने, बेमौसममा ठूलो पानी पर्ने, अकस्मात चट्याङ्सहितको पानी पर्ने, मेघ गर्जने, हावाहुरी चल्ने, बाढी–पहिरो आउने, समुन्द्री आँधी आउने, वन–जंगलमा डढेलो लाग्ने, दर्के पानी पर्ने, असिना वर्षर्ने, मुसलधारे वर्षा हुने, हिमपात हुने, आँधीबेहरी आउने, हिऊँ पग्लने, हावा–हुन्डरी चल्ने, समुन्द्रमा पानीको सतह बढ्ने क्रम छिटो गतिमा बढ्दैे छ । फलतः कतिपय समुन्द्री किनारमा रहेका स–साना टापु देशहरुका साथै विश्वका ठूल–ठूला सहरहरु डुब्ने जोखिममा रहेका छन् । वायु प्रदुषणका प्रमुख कारण औद्योगिक उत्पादन, उद्योग–धन्दा र कलकारखाना भए तापनि जलवायु र मौसम परिवर्तनलाई पनि अर्को प्रमुख कारण मान्न गरिन्छ । विज्ञहरुका अनुसार गत वर्ष नेपालको राजधानी काठमाडौ विश्वकै ५० प्रदुषित सहरमध्ये पहिलो नम्बरमा रहेको थियो । सो सम्बधमा वातावरणविद डा. माधव अधिकारीले केही वर्षअघि ‘नेपाल समाचारपत्र दैनिक’मा एक लेख लेख्दै जनाएअनुसार त्यो वेला ‘वायुको गुणस्तर सूचांक (एक्युआई) काठमाण्डौको रत्नपार्कमा ३७१, ललितपुरको भैंसेपाटीमा ३२९, र भक्तपुरमा २१६, चितवनको सौराहामा २१० अंक रहेको थियो ।’ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डअनुसार, वायुको गुणस्तर सूचांक (एक्युआई) ३५ भन्दा कमलाई अति राम्रो मानिन्छ भने ५० सम्मलाई राम्रै मानिन्छ । त्यस्तै ५१ देखि १०० सम्म सामान्य हो भने, २०१ भन्दा माथि अस्वस्थ्यकर हो । त्यस्तै ३०१ भन्दा माथि घातक हो । यसरी हेर्दा नेपालको सहरी क्षेत्रमाको जुनजुन ठाऊँमा वायुको गुणस्तर सूचांक (एक्युआई) मापन गरिएको थियो, ती सबै ठाऊँमा वायुको गुणस्तर सूचांक (एक्युआई) बढी र अत्यधिक घातक रहेको थियो, छ ।

विश्वका धेरै देशहरु जस्तै चीन, अष्ट्रेलिया, अमेरिका, नेपाल, ब्राजिल, क्यानाडा, स्पेन, इटली फ्रान्स, इन्डोनसिया, दक्षिण कोरिया, युनाईटेड अरब ईमिरेट्स, भारत, पाकिस्तान लगायत विश्वका कयामैं देशमा कयौ दिन वा हप्ता दिनसम्म पनि अनियन्त्रित ढंगले वन, जंगलमा लगातार रुपमा लाग्ने गरेको जताभावी र अनियन्त्रित आगलागी र डढेलो र कतिपय देशमा चलिरहेका धेरै पूराना सवारी साधानका कारणले पनि विश्वमा वायु प्रदुषण बढाउनका लागि सहायक भूमिका खेलेको देखिन्छ । यसरी होर्दाखेरि विश्वभरि वायु प्रदुषण कम गर्न अथवा घटाउन जलवायु परिवर्तन र मौसम परिवर्तनलाई बढ्न नदिने प्रतिवद्धता जनाउनुपर्ने टड्कारो आवश्यक्ता देखिन्छ ।