मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

क्यामेरा आतंक बन्द गर

सोमबार, फाल्गुन २६ २०८१

हालको डिजिटल युगमा, क्यामेराहरू सर्वव्यापी भएका छन्। मोबाइल फोन, सिसिटिभी, ड्रोन, तथा गोप्य क्यामेराहरू जताततै देख्न सकिन्छ। प्रविधिको यो तीव्र विकासले सुरक्षा तथा संचारमा सुधार ल्याएको भए पनि, यसले मानिसको गोपनीयतालाई गम्भीर चुनौतीसमेत दिएको छ। जब क्यामेराको अनुचित प्रयोग गरिन्छ, तब यो क्यामेरा आतङ्कको रूप लिन्छ। क्यामेरा आतङ्क भन्नाले गोप्य रूपमा मानिसहरूको निगरानी गर्ने, उनीहरूको व्यक्तिगत तस्बिर वा भिडिओ दुरुपयोग गर्ने, तथा समाजमा डरको वातावरण सिर्जना गर्ने अवस्थालाई बुझिन्छ।

प्रविधिको प्रगतिसँगै, क्यामेरा साना, सुलभ, र उच्च गुणस्तरका भएका छन्। अघिल्लो दशकमा मात्र उपलब्ध नभएका प्रविधिहरू अहिले सर्वसुलभ छन्। तर, केही व्यक्तिहरूले क्यामेराको दुरुपयोग गर्दै गोप्य रूपमा अरूलाई खिच्ने, ब्ल्याकमेल गर्ने, साइबर अपराध गर्नेजस्ता कार्य गर्न थालेपछि क्यामेरा आतङ्क एक गम्भीर समस्याको रूपमा देखा परेको छ। यो समस्या विशेष गरी सार्वजनिक ठाउँ, होटेल, चेंजिङ रुम, तथा कार्यालयहरूमा बढी देखिन्छ। कतिपय आपराधिक समूहहरूले व्यक्तिहरूको निजी क्षणहरू कैद गरेर धम्की दिने, पैसा असुल्ने वा सामाजिक अपमान गराउने काम गर्छन्।

नेपाली समाजमा अहिले यो राजनीतिमा बढी प्रयोग भइरहेका छन्। क्यामेराले दिएको लोकप्रियताको चरमपन्थी दुरुपयोग भैरहेको छ। एउटा पत्रकार या सम्पादक मुसोलोनी प्रेस स्वतन्त्रता हनन् गर्दै सामाजिक अराजकतावादतिर उन्मुख भयो। यो कालो इतिहासलाई स्मरण गर्दै गर्दा हाम्रा प्रश्नका कसी के हुन्? कुन स्थानमा हुन्? यसमा विचरण आवश्यक छ कि छैन।  ५ बर्षअघिसम्म जो अहिले आफूलाई दिग्गज युट्युवका पत्रकार भनेर कोकोहोलो मच्चाइरहेका छन् तिनले अर्काको घरभित्र र परिवारभित्रका दृश्यलाई कति गाम्भिर्यताका साथ लिएका थिए? पत्रकारिताको कुन आचारसंहिताको कसीमा बसेर हुल्दुङ्गा मच्चाएका थिए? तिनै आज पत्रकार र गोप्य क्यामेरा बोकेर पिसाब फेरेको भिडिओ सार्वजनिक गरी अभियन्ता बन्ने हुल असामान्य छ। तर, यसमा अन्यको गोपनियता र उसको इच्छा प्रश्न हो कि होइन? पत्रकारितामा सामान्यतया सिक्नुपर्ने के हो भने अन्यको अनुमतिबिना हामीले क्यामेरा तेर्साउन या सोध्न मिल्दैन। यो, प्रेस स्वतन्त्रताको कसीभित्र पर्ने दायित्व हो। जवाफदेही बन्नुपर्छ, यो प्राथमिक आचारसंहिता हो।