बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कामना सेवाकोे विरौटा शाखा स्थानान्तरण गरि कारोबार शुभारम्भ

सोमबार, बैशाख ९ २०७६

काठमाडौ वैशाख, ९–
कामना सेवा विकास बैंक लिमिटेडले आईतबारबाट पोखरा महानगरपालिकाको वडा नं १७, विरौटा चोकमा सेलवेज र्माट भएको भवनमा आफ्नो विरौटा शाखा स्थानान्तरण गरि कारोवार शुभारम्भ गरेको छ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जि. सि., बैंक संचालक समितिका अध्यक्ष सुदिप आचार्य, संचालकहरु चतुराखर अधिकारी, देव कृष्ण काफ्ले, बलराम बराल तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्तरुपमा शाखा स्थानान्तरण पश्चात् कारोबार शुभारम्भ गरेका हुुन्  । बैंकका प्रमुख कार्यकारी अधिकृत बस्नेतले शाखा स्थानान्तरण पश्चात् ग्राहकहरुलाई अझ आधुनिक बैंकिङ्ग सेवा सुबिधा सँगै बैंकले व्यापार विस्तारलाई अझ तिव्रताका साथ अघि बढाउने बताए  । मेयर जि. सि. ले उक्त समारोहमा बैंकले हालसालै ल्याएको आई—बैकिङ रिलोडेड सेवाको प्रशंसा गर्दै बैंकको उक्तरोतर प्रगतिको कामना गरे । 
काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा८३ वटा शाखा तथा ३७ वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबिबिएस, इन्टरनेट बैकिङ, मोवाईल बैंकिङ, सि आस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षरुपमा आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।