काठमाडौं वैशाख, ७–
नेशनल बैंकिग ईन्स्टिच्यूट (एनबिआई) र कामना सेवा विकास बैंकबीच जानवी कोर्ष सम्बन्धी सम्झौता भएको छ । यही बैंशाख पाँच गते भएको उक्त सम्झौतामा एनबिआईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बा र कामना सेवा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकारी प्रविण बस्नेतले हस्ताक्षर गरेका हुुन ।
समझौतापत्रमा कामना सेवा विकास बैंकका एक सय भन्दा बढी कर्मचारीहरुलाई एनबिआईले हाल बैंकिङ्ग कर्मचारीहरुलाई लक्षित गरी प्रदान गर्दै आईरहेको विशिष्टिकृत बैंकिङ्ग प्रमाणीकरण जानवी कोर्स प्रदानगर्ने सहमति भएको छ । बैंकिङ्ग कर्मचारीहरुको क्षमता एवम दक्षता अभिवृद्धि गर्ने प्रयास स्वरुप यो कोर्सको विकास गरिएको हो । विशेष गरी सहायकतह देखी सहायकप्रबन्धकतह सम्मकाकर्मचारीहरुलाई लक्षित गरी यो कोर्सको डिजाइन गरिएकोमा बैंकिङ्ग जगतबाट यो कोर्सको सम्बन्धमा राम्रो प्रतिक्रियाआई धेरै बैंक तथावित्तीय संस्थाकाकर्मचारीहरुले यो कोर्स अध्ययन गरी लाभान्वितभइसकेको अवस्था छ । हाल सम्म देशका तीन हजार जनाभन्दा बढी बैंकिङ्ग कर्मचारीहरु यो कोर्समा आवद्ध भई एक हजार जनाभन्दा बढी कर्मचारीहरुले यो कोर्स उत्तिर्ण गरी जानवी प्रमाणपत्रप्राप्त गरिसकेकाछन् ।