काठमाडौं वैशाख, ३–
सानिमा बैंक लिमिटेड र म्याक्स हेल्थकेयर ईन्स्टिच्युट लिमिटेडबिच स्वास्थ्य उपचार सुविधा सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख डिजिटल बैंकिङ्ग, बिक्रम श्रेष्ठ र म्याक्स हेल्थ केयर ईन्स्टिच्युट लिमिटेडका तर्फबाट सेल्स तथा मार्केटिङ्गका उप–प्रबन्धक, सुरज जोसेफले हस्ताक्षर गरेका हुन् ।
म्याक्स हेल्थकेयर ईन्स्टिच्युट लिमिटेड, भारतको दिल्लीमा अवस्थित स्वास्थ्य उपचार सम्बन्धी सेवा दिने चेन संस्था हो । हाल, यस संस्थाको १४ वटा साझेदार अस्पतालहरु छन् । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले म्याक्स हेल्थकेयर ईन्स्टिच्युटमा साझेदार रहेका उत्तर भारतका विभिन्न अस्पतालहरुमा उपचारको क्रममा सहजरुपमा भुक्तानी गर्न सक्नुहुनेछ । साथै सानिमा बैंकको कार्ड प्रयोग गरी विभिन्न उपचार खर्चहरुमा ५ प्रतिशत सम्म छुट पाउन सक्नेछन् ।