काठमाडौ चैत, २८–
सिद्धार्थ बैंकले २०७५ चैत्र २७ गते बुधबार वेसीशहर शाखाको औपचारिक समुद्घाटन सम्पन्न गरेको छ । बैंकको वेसीशहर शाखाको उद्घाटन वेसीशहर नगरपालिकाका मेयर गुमान सिंह अर्यालबाट भएको थियो ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले हालै बैंकले देशभर १४९ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६० एटिएम र १२ सय भन्दा बढी पस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
बैंकले नगद रहित कारोवार प्रवद्र्घन गर्न हालै क्यास ब्याक योजना सञ्चालनमा ल्याएको छ । यसै गरि कार्डको माध्यमबाट गरिने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन भेरिफाईड बाई भिसा सेवा प्रविधिको अवलम्वन गरेको छ ।