बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ग्लोबल आइएमई बैंक र सुमेरु सिटी हस्पिटलबीच सम्झौता

मंगलबार, चैत्र २६ २०७५

काठमाडौं चैत, २६–
ग्लोबल आइएमई बैंक  र सुमेरु सिटी हस्पिटल प्रालिबीच सम्झौता भएको छ । हस्पिटलले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो ।
सम्भौतापत्रमा सुमेरु सिटी हस्पिटलका प्रबन्ध निर्देशक सुनिल डंगोल र ग्लोबल आइएमई बैंकका कार्ड बिक्रि तथा बजार प्रबद्र्घन विभागका प्रमुख नवीन सुवेदीले हस्ताक्षर गरेका हुुन । बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्तो योजनाहरु ल्याईरहेको छ । सम्झौतापश्चात सुमेरु सिटी हस्पिटल, पुल्चोकमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १० प्रतिशत सम्म छुट पाउनेछन् । 
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले एक सय ३५ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, एक सय ४२ एटिएम, नौ वटा एक्सटेन्सन काउण्टर तथा एक सय २६ शाखा रहित बैंकिङ्ग सेवा र नेपालबाहिर तीन प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmतआफ्ना १० लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा १५ लाख रुपैयाँसम्मको बिना धितो प्रोफेशनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ । साथै अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डन, बेलायत, भारत लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।