बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एशियन लाइफको ७५ करोड रुपैयाँको हकप्रद खुल्ला

सोमबार, चैत्र २५ २०७५

काठमाडौं चैत, २५–
एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ७५ करोड ४० लाख ३५ हजार दुुई सय ७३ रुपैयाँ बराबरको हकप्रद सेयरको बिक्री खुल्ला भएको छ । नेपाल धितोपत्र बोर्डले उक्त कम्पनीलाई हाल कायम रहेको चुक्ता पुंजी मध्येबाट एक बराबर शुन्य छ को अनुपातमा एक सय रुपैयाँ अंंकित मुल्य कायम रहने गरी ७४ लाख ४० हजार तीन सय ५२ दशमलव ७३ कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुुमती दिएपश्चात कम्पनीले यही चैत २५ गते अर्थात आज सोमबारबाट हकप्रद सेयरको बिक्री खुल्ला गरेको हो । 
सेयर निष्काशन तथा बिक्री प्रर्वन्धक एनआईबिएल एस क्यापिटल रहेको कम्पनीको हकप्रद सेयरको बिक्री कार्य २०७६ बैशाख २९ गतेसम्म रहने छ । हाल चुक्ता पुंजी एक अर्ब २५ करोड ६७ लाख २५ हजार चार सय ५५ रुपैयाँ रहेको कम्पनीको हकप्रद सेयरको बिक्री पश्चात भने चुक्ता पुंजी दुुई अर्ब एक करोड सात लाख ६० हजार रुपैयाँ पुुग्ने छ ।