मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

विद्यार्थीमा लादिएको अनुशासन होइन, स्वस्फूर्त अनुशासित हुने वातावरण बनाउँछौं : प्रिन्सिपल काफ्ले

बिहिबार, माघ ३ २०८१

काठमाडौं । काठमाडौं उपत्यकाको तीनकुनेमा अवस्थित दिव्य कलेज विद्यार्थीको आकर्षणको केन्द्र बन्दै गएको छ । गत वर्षदेखि सञ्चालनमा आएको यस कलेजले पहिलो वर्षमा नै पाँच सय भन्दा बढी विद्यार्थीको विश्वास जितेको छ । अब्बल प्राध्यापकहरुले अध्यापन गराउने यस कलेजमा शैक्षिक क्षेत्रमा १५ बर्षभन्दा बढी समय काम गरिसकेका दिग्गज व्यक्तिहरुको टिमबाट सञ्चालित छ। यस कलेजले शैक्षिक क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने देखिएको छ ।

हाल विहानी र दिवासत्र गरी दुई सिफ्टमा कक्षा ११ को विज्ञान र व्यवस्थापन संकाय अध्यापन गराइरहेको यस दिव्य कलेजले आउने वर्षदेखि मानविकी र कानुन संकायको पनि कोर्ष सञ्चालन गर्दैछ । यसरी नै आगामी वर्षदेखि विदेशी युनिभर्सिटीको स्नातक तहको कोर्ष पनि सञ्चालन गर्ने यस कलेजका प्रिन्सिपल नारायण काफ्ले बताउँछन् । यस कलेजमा सहुलियत शुल्कमा आधुनिक शिक्षा दिइएको र प्रविधिमैत्री शिक्षा प्राथमिकतामा रहेको उनको दाबी छ ।

कलेजको भौतिक, शैक्षिक, व्यवस्थापकीय र विद्यार्थीका समस्या समाधान गर्न कुनै कसर बाँकी नराखी सञ्चालकहरुको टीमले काम गरिरहेको बताउने कलेजका प्रिन्सिपल नारायण काफ्लेसँग तीनघुम्तीका लागि गरिएको कुराकानीको सम्पादित अंश :

  • नारायण काफ्ले

पहिलो वर्षमै पाँच सय बढी विद्यार्थीको विश्वास पाउनु भएको छ, कारण के होला ?

मुख्य कुरा त हाम्रो कलेज नयाँ भएर पनि हामी र हाम्रो टिम १५–१६ बर्षदेखि शैक्षिक क्षेत्रमा काम गर्दै आएकाे छ । हामीले कमाएको विश्वास नै यसको श्रेय हो । विद्यार्थीका इच्छा चाहना र शिक्षा क्षेत्रमा हामीले के–के गर्नुपर्छ भन्ने कुरामा हाम्रो टिम जानिफकार छ । उर्जावान टिम र अब्बल शिक्षकहरुको परिचयले हामीलाई विद्यार्थीले विश्वास गरेका पनि हुनसक्छन् । हाम्रो उद्धेश्य नै विद्यार्थीको भविष्यसँग जोडिएको हुनाले कलेजको भौतिक संरचनादेखि आवश्यक शैक्षिक सामाग्री, उचित शैक्षिक वातावरण लगायतका कुरामा हामीले कुनै कम्प्रमाइज गरेका छैनौं । सुविधायुक्त क्लास रुमका साथै भौतिक रुपमा पनि राजधानी काठमाडौंलाई हेर्दा प्राइम लोकेसनमा पनि हामी छौं । शिक्षक आदर्श, गुणवान र विषय विज्ञ हुनुपर्दछ, साथै कर्तव्य परायण पनि । हामी यी कुरालाई मध्यनजर गरेरै अघि बढेका छौं ।

कम्प्यूटर ल्याब

गुणस्तर सुधारका लागि कस्ता योजना अघि सार्नुभएको छ ?

पहिलो कुरा त शैक्षिक गुणस्तरका लागि हामीले कुनै किसिमको कम्प्रमाइज गरेका छैनौं । लामाे शैक्षिक अनुभव भएका शिक्षक शिक्षिकाबाट अध्यापन गराएका छौं । भवनको बनावट, कलेजको लोकेसनदेखि लिएर अनुकूलित वातावरणमा पठनपाठन गराउनाले विद्यार्थीमा पढ्ने अभिरुचि बढ्छ । शिक्षकले पनि विद्यार्थीको अभिरुचिलाई ध्यान दिएर गराइने अध्यापनले उनीहरुमा सिकाइप्रतिको उत्सुकता सृजना गर्दछ । अध्यापनका लागि डिजिटल क्लास रुमदेखि, कम्फटेबल बस्ने चेयर आदि कुराले विद्यार्थीमा क्लास रुममा बस्ने बानीको विकास गर्छ ।
विशेषत कक्षा ११ र १२ भनेको हाइयर एजुकेशनको फाउण्डेसका रुपमा लिएर सोही अनुसारको तयारी गर्नु पर्दछ । केवल ११–१२ पास गराउने भन्दा पनि हामी उनीहरुको करियर तिर बढी फोकस गर्छौं । ‘एजुकेसन कनेक्ट टू करियर’ भन्ने उद्धेश्यलाई लिएर हामी अघि बढेका छौं । त्यही कुरालाई सपोर्ट हुनेगरी हामी क्लास गराउँछौं ।

आन्तरिक परीक्षा दिँदै विद्यार्थी

यस कलेजका के कति भिन्न विशेषता छन् ?

हामी विद्यार्थीमा सिकाइ कसरी प्रभावकारी बनाउने भन्ने विषयमा केन्द्रित भएर छलफल र बहस गर्छौं । विद्यार्थीका चाहनालाई ख्याल गर्दै उनीहरुको भोलिको जीविकोपार्जनलाई सहयोग पुग्ने खालको शिक्षा दिनु आजको आवश्यका हो । अरु शैक्षिक संस्था झै पाठ्यक्रम एउटै भएपनि हामी अतिरित्त सिकाइ मार्फत विद्यार्थीमा नयाँ कुरा दिइरहेका छौं ।

अनुशासनको नाममा डर, त्रास, दण्ड, सजायमार्फत कक्षाकोठाको साँघुरो घेराभित्र सीमित गराई घोकन्ते माध्यमबाट शिक्षा दिँदा विद्यार्थीमा सिकाइ प्रभावकारी र दीगो हुँदैन । हामी त्यस कुरामा केही फरक छौं र सोही अनुसार अध्यापन गराइरहेका छौं । विशेष रुपमा हामीले समय समयमा गेष्ट लेक्चरको मार्फतबाट विद्यार्थीलाई अतिरिक्त शिक्षा पनि प्रदान गर्छौं । हामी ११ कक्षाबाटै वल्र्ड क्लास एजुकेसन दिने प्रयासमा छौं ।
हामी विद्यार्थी केन्द्रित छौं । उनीहरुलाई लादिएको अनुशासन होइन, स्वस्फूर्त अनुशासित हुने वातावरण बनाउँछौ । हाम्रो अनुशासनका नाममा डिआइ राखेर, गाली गरेर अथवा पिटेर उसलाई ट्राकमा ल्याउने भन्ने छैन । सम्झाइ बुझाइ स्वअनुशासनका लागि उत्प्रेरित गर्छौं ।

यो समय प्रतिस्पर्धात्मक समय पनि हो, यसबाट कुनै समस्या झेल्नु परेको छ की छैन ?

विभिन्न प्रकारका तालिम, सभा, सम्मेलन, अन्तरक्रिया, छलफल, योजना निर्माण आदि गरी शिक्षाको गुणस्तर उकास्ने प्रयत्न गरिँदै आएपनि व्यवहारमा सार्थकता पाउन सकिरहेको छैन ।

वर्तमान समयमा विश्वमा विभिन्न विषय र प्रविधिहरुका शिक्षा र सीपको विकास भइरहेको छ । यो विकास सगँसगै विश्व विकासको क्रममा अघि बढिरहेको छ । शिक्षाका माध्यमद्वारा अघि बढेका देशहरुको शिक्षा नीति र प्रविधिहरु भित्र्याएर विकसित हुने प्रतिस्पर्धामा अल्पविकसित र विकासोन्मुख देशहरु विकासको बाटोमा अघि बढ्ने प्रयास गरिरहेका छन् । त्यसकाे असर पर्नु स्वभाविक पनि हाे । प्रतिस्पर्धाकै नाउमा ठुला समस्यासँग हामीले जुध्नु परेको छैन । फेरि हामी प्रतिस्पर्धा भन्दा दीगो र भविष्य केन्द्रित सिकाइकामा विश्वास गर्छौं । हामीले यस कलेजमा अपनाएका हरेक प्रयासहरु अलि पृथक छन् । विद्यार्थीको हाजिरीदेखि, क्लास वर्क–होमवर्क, अतिरिक्त क्रियाकलापमा हामी अलि भिन्न रुपमा प्रस्तुत भएका छौं ।

डिजिटल हाजिरी र एप्लीकेसनमार्फत बील भुत्तानी भन्नुभयो, यसबारे प्रष्टाइदिनुस् न ।

विद्यार्थीको हाजिरी डिजिटल सिस्टममा हुन्छ । हामी हाजिरीखाता कलम लिएर हाजिर गर्दनौं । डिजिटाइज प्रविधिबाट हाजिर हुन्छ । त्यसको रेकर्ड अभिभावकसम्म पुग्छ ।

यस्तै कक्षा कोठामा हामी पहिलो १५ मिनेट पावर पोइन्टबाट क्लास गराउँछौं । त्यसपछि बाँकी सयम हामी म्यानुल्ली क्लास गराउँछौं । डिजिटल माध्यम अर्थात एप्सकै माध्यमबाट हाजिरी रेकर्ड र असाइमेन्ट, अकाउन्टको विल भुक्त्तानीको व्यवस्था गरेका छौं । विषयगत प्रोजेक्ट राइटिङदेखि ग्रुप डिस्कसन गराउँछौं । पावर पोइन्ट प्रिजेन्टेसनलगायतका क्रियाकलाप गराउँछौं । विशेषत करियरलाई सपोर्ट हुने क्रियाकलापमा फोकस गरेका छौं ।

लाइब्रेरीमा स्टाफ

झण्डै झण्डै स्कुलकै तरिकाबाट विद्यार्थीलाई हामी अध्यापन गराउँछौं । विद्यार्थीलाई व्यत्तिगत तथा समूहगत असाइमेन्ट गराउनेदेखि क्वीच कम्पिडिसन लगायत अतिरित्त क्रियाकलापमा फोकस गरेका छौं । कमजोर विद्यार्थीमा अतिरित्त कक्षा गराउँछाैं, विद्यार्थी यदि आन्तरिक परीक्षा अनुतिर्ण भएमा  पुन: परीक्षा लिइ अनिवार्य पास हुनैपर्ने वातावरण बनाउँछौं ।

विद्यार्थीलाई भौतिक रुपमा लाइब्रेरीका साथै करिव तीन लाख किताव पढ्न इलाइब्रेरीको व्यवस्था पनि गरेका छौं ।

अभिवावकसँग अन्तरक्रिया कसरी गर्नुहुन्छ ? अभिभावकको फिडब्याक कसरी लिनुहुन्छ ?

विशेषत अहिले हाम्रा विद्यार्थी भ्याली बाहिरबाट बढी छन् । उनीहरुको अभिभावक यता आएको अवस्थामा भेटघाट अन्तरक्रिया हुने नै भयो । फेरि कोही विद्यार्थी समस्याग्रस्त देखिए टेलिफोनबाट पनि सम्पर्क गर्ने गर्छौं । यहाँ हुने अभिभावकसँग भेटघाट अन्तरक्रिया हुने कुरा भइहाल्यो । अभिवावक मिटिङका लागि पनि योजना बनाउँदै छौं । मोबाइल एपबाटै पनि आफ्ना छोराछोरीको प्रगति विवरणलगायतको विवरण उहाँहरुले हेर्न र बुझ्न सक्नुहुन्छ ।

जेहेन्दार तथा पिछडिएको क्षेत्रगत विद्यार्थीको हकमा के–के सुविधा दिनु भएको छ ?

हामीले मुख्यतय तीन प्रकारबाट विद्यार्थीलाई सहुलियत दिने गरेका छौं । पहिलो महानगर पालिकाको सिफारिसबाट आउने विद्यार्थी, दोस्रो सामुदायिक स्कुलबाट आउने र मेरिट बेस अथवा हामीले लिने इन्ट्रान्सबाट उत्कृष्ट अंकभार ल्याउने विद्यार्थी भनेर तीन किसिमबाट हामीले सहुलियत दिने गरेका छौं ।

महानगरपालिकाबाट सिफारिस भएर आएका विद्यार्थीको हकमा हामीले दिइने सुविधा अरुजस्तै हाे। अतिरित्त विभिन्न क्षेत्रबाट सिफारिस भएर आएका जेहेन्दार तथा त्यस्ता क्षेत्रका विद्यार्थीलाई दिइने सुविधाको पनि हामीले व्यवस्था गरेका छौं । यसको अलवा हामीले लिइने इन्ट्रान्स परीक्षा मार्फत पनि जेहेन्दार विद्यार्थीको हकमा सहुलियत दिने गरेका छौं ।

हाल विद्यार्थी बाहिर (विदेश) जाने परिपाटी बढ्दो छ, यसलाई कसरी लिनुहुन्छ । यसले कलेजलाई कत्तिको असर गर्ला ?

पहिलो कुरा त विद्यार्थी बाहिर जाने कुरालाई स्वाभाविक रुपमा नै लिनुपर्ने हुन्छ । फेरि भएन एक दुई जना व्यक्ति, शैक्षिक संस्थाले यसलाई रोक्नसक्ने कुरा पनि होइन । ग्लोबल्ली रुपमा विद्यार्थी बाहिर जाने गर्दछन्, त्यसलाई स्वभाविक रुपमा लिनु पर्दछ । विद्यार्थी एउटा अवसरको खोजीमा बाहिर जाने गर्दछ । जसका कारण उसले वल्र्ड क्लास एजुकेसन पाउँछ ।

देश विकासको चरणमा यो चरण पार गर्नैपर्छ । यो खुड्किलो पार गरेपछि यो स्वतः घट्दै जान्छ । हामीले सरकार तथा युनिभर्सिटीलाई गाली गरेरमात्र केही हुने होइन । वल्र्डवाइड रुपमा नै यस प्रकारको गतिविधि हुने गरेका छन् । जसरी हामी गाउँबाट सहर आयौं त्यसैगरी अवसरको खोजीमा अर्को देश जानु स्वाभाविक हो । जसले देशलाई नै फाइदा पुग्छ । विस्तारै यसमा कमी आउँछ भन्ने लाग्छ ।

भावी योजनाका बारेमा के सोच्नु भएको छ ?

मुख्यगरी हामी यहिनेर वल्र्ड क्लास एजुकेशनको लक्ष्य लिएर अघि बढ्दै छौं । त्यसका लागि निकट भविष्यमा विदेशी युनिभर्सिटीको ब्याच्लर प्रोग्राम अन्तर्गतका कोर्षहरु पनि ल्याउँदैछौं । थप भौतिक संरचना लगायतका कामहरु पनि भइरहेका छन् ।

लाइब्रेरीमा स्टाफ