मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

बिहिबार, पुष ४ २०८१

काठमाडौं । काभ्रेको बनेपा नगरपालिका(५ बस्ने ४८ वर्षीय सुन्दर बानियाको घरमा जुवातास खेलिरहेको अवस्थामा बानिया समेत १५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६ हजार २ सय ६५ रूपैयाँ र १० बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।