बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिङ्ग ईन्स्टिच्यूटबीच सम्झौता

मंगलबार, चैत्र १२ २०७५

काठमाडौ चैत, १२–
राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट र एनबिआईबीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले दु्रतगतिमाविस्तार गर्नको लागि सम्झौतापत्रमा हस्ताक्षर  भएको छ । उक्त सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र एनबिआई तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्जीव सुब्बाले हस्ताक्षर गरेका थिए । 
यस सम्झोैतापत्र अनुसार एनबिआईले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एप्को संरचना  र सुविधाहरु बारे राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गराईने छ । बैंकले आफ्ना  सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई एनबिआई मोवाईल एप बारे  ज्ञान दिलाई  आ –आफ्नो ग्राहकमाँझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्नको लागिको प्रेरित गर्नेछ  । साथै बैंकले एनबिआई एप् मार्फत समाजका विभिन्नवर्गहरु जस्तै महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवारहरु, शिक्षक शिक्षिकाहरु तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरताबारे जानकारी गराउनेछ । यदि आवश्यक भएमा एनबिआईले बैंकहरुलाई विशेष छुटमा वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रमको व्यवस्थापन गरि दिनेछ । 
यसरी दुई संस्थाहरु एउटै महान् उद्देश्यको लागि साझेदारी गरि अघि बढ्नाले बचत गर्ने र व्यवसाय सन्चालनबारे जागरुक्ता ल्याउन थप उर्जा मिल्ने छ । वित्तीय साक्षरताको विविध सामाग्रीहरm सबै माझ लैजान एनबिआई मोवाईल एपको प्रयोगले देशमा वित्तीय साक्षरताको विस्तारमा नयाँ आयामको सुरुवात हुने छ भन्ने विश्वास गरिएको छ ।