बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

धादिङवेसीमा नेपाल बैंक लिमिटेडको शाखा समुद्घाटन

सोमबार, चैत्र ११ २०७५

काठमाडौं चैत, ११–
नेपाल बैङ्क लिमिटेडद्वारा  प्रदेश नम्बर ३ धादिङ्ग जिल्लाको धादिङ्गवेसीमा स्थापित शाखाको नेपाल बैक लिमिटेड संचालक समितिका अध्यक्ष वासुदेव अधिकारी र नेपाल बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले संयुक्त रुपमा समुद्घाटन गरेका छन् । सो अवसरमा बैकका अध्यक्ष वासुदेव अधिकारीले बैंकले धनी र गरीव दुवैलाई समान दृष्टिले हेरि बैकिङ्ग सेवामार्फत आर्थिक उन्नतीमा सघाउने वताउंदै यस बैकद्वारा उपलव्ध गराईने  विभिन्न व्यावसायिक तथा सहुलियतपूर्ण कर्जा सेवाको सदुपयोग गरि व्यक्तिगत र राष्ट्रि«य समृध्दिमा सघाउन आग्रह गर्नुभयो । सो अवसरमा बैकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले नेपाल बैक लिमिटेड हाल वित्तिय आधारमा सवल बैकको रुपमा विकसित भएकोमा प्रशन्नता व्यक्त गर्दै यस शाखाबाट यस क्षेत्रको आर्थिक सामाजिक विकासमा  महत्वपूर्ण योगदान पुग्ने विश्वास प्रकट गरे । 

बैकको १६० औ शाखाको रुपमा स्थापित यस शाखाको समुद्घाटन समारोहमा विशिष्ट अतिथिहरु पूर्व सांसद रामनाथ अधिकारी, प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे,जिल्ला समन्वय समितिका अध्यक्ष जगन्नाथ नेपाल,अतिथिहरु नीलकण्ठ नगरपालिकाका प्रवक्ता गौतमहरि अधिकारी ,वडा नं ३ का अध्यक्ष होमनाथ रिजाल ,नेउवासंघ धादिंगका पूर्व अध्यक्ष तथा व्यवसायी ध्रुव थापा लगायतका वक्ताहरुले शुभकामना मन्तव्य दिनुभएको थियो भने नेपाल बैक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीले स्वागत मन्तव्य दिनुभएको थियो । बैकका शाखा प्रवन्धक गुणनिधि श्रेष्ठको सभापतित्वमा नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुंगाना ,प्रहरी प्रमुख राजकुमार वैदवार,नेपाली सेनाका गणपति ,सशस्त्र प्रहरी प्रमुखको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा जिल्लाका विभिन्न कार्यालय तथा वित्तिय संस्थाका प्रमुखहरु,उद्यमी व्यापारी तथा स्थानीय सर्वसाधारणको उत्शाहप्रद उपस्थिति थियो ।