बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

दाङ्ग र सल्यानमा आइएमई लाइफ इन्स्योरेन्सका शाखा सहित कारोबार प्रारम्भ

सोमबार, चैत्र ११ २०७५

काठमाडौं चैत, ११–
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दाङ्गको घोराहीमा शाखा मार्फत औपचारिकरुपमा जीवन बीमाको कारोबार प्रारम्भ गरेको छ । शनिबार दाङ्गको घोराहीमा आयोजित एक विशेष समारोहकावीच नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुुन् ।
शाखा कार्यालयको उद्घाटन गदै अध्यक्ष ढकालले करिब वीस बर्षअघि देखि नै आइएमई ग्रुपका विभिन्न सेवाहरू विशेष प्राथमिकताका साथ दाङ्गमा स्थापना गरिँदै आएको स्मरण गरे । आम सेवाग्राहीहरूलाई सवै प्रकारका वित्तीय आवश्यकता परिपूर्ति गदै जाने ग्रुपको उद्देश्यअनुरुप दाङ्गको घोराहीमा आइएमई लाइफ इन्सोरेन्सको शाखा स्थापना गरिएको बताउँदै यो सेवाबाट सेवाग्राही थप लाभान्वित हुने बताए । 
त्यस्तै आइतबार सल्यान जिल्लाको शारदा नगरपालिका १, श्रीनगरमा रहेको शाखा कार्यालयको उद्घाटन सल्यान जिल्ला समन्वय समितिका अध्यक्ष केश बहादुर विष्ट र आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकालले संयूक्तरुपमा गरेका हुुन । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अथिति विष्टले जिल्लामा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको आगमनले स्थानीय बासिन्दाहरुमा जीवन बीमाको पहुँच र यस प्रतिको भरोसा अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे । आइएमई ग्रुपका अध्यक्ष ढकालले समय अनुरुप सर्वसाधारणहरुको आर्थिक सुरक्षा र सम्वृद्धिका लागि आफ्नो समुह सक्रिय रहेको जानकारी गराउदै जीवन बिमाका लागि आइएमई लाइफ इन्स्योरेन्स कम्पनी सर्वोत्तम बिकल्प भएको धारणा व्यक्त गरे । दुवै उद्घाटन समारोहमा उधोग वाणिज्य महासंघका केन्द्रीय सदस्यद्वय ध्रुबराज श्रेष्ठ (भारी) र भरत आचार्य, राष्ट्रि«य समाचार समितिका संचालक एवम् सम्पादक एकराज पाठक स्थानीय उधोगी व्यवसायी, आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट, सहायक महाप्रबन्धक आशिष सिंह लगायत आइएमई ग्रुपमा कार्यरत उच्चपदस्थ कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
कम्पनीले हाल ६७ भन्दा बढी शाखा मार्फत सेवा प्रदान गर्दे आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सरल सावधिक, बालशिक्षा, आजिवन, नगद फिर्ता, साढे तीन गुणा रक्षावरण, नगद फिर्ता तथा आजिवन लगायतका बीमा योजनाहरू ल्याएको छ । कम्पनीको मुख्य उद्देश्य न्यून भन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पु¥याई नेपालमा जीवन बीमा बिस्तार गर्नु रहेको कम्पनीले जानकारी दिएको छ ।