काठमाडौं चैत, १०–
गोर्खाज फाइनान्स लिमिटेडले चर्चित गायिका मेलिना राईलाई ब्राण्ड एम्वेसडरमा नियुक्त गरेको छ । फाइनान्सको केन्द्रीय कार्यालय डिल्लीबजारमा शुक्रबार एक कार्यक्रमकाबीच नेपाली संगित क्षेत्रमा चर्चाको शिखरमा रहेकी गायिकाराईलाई संस्थाव् यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले एक वर्षका लागि आधिकारीक ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको हो ।
सम्झौतापत्रमा फाइनान्सका प्रमख कार्यकारी अधिकृत लालबहादुर थिङ र गायिका राईले हस्ताक्षर गरेकाछन् । हस्ताक्षर पश्चात अब एक वर्षसम्मका लागि देश विदेश जुन सुकै स्थानमा जाँदापनि गायिका राईले गोर्खाज फाइनान्सको व्यवसाय प्रवद्र्धनमा विशेष भूमिका खेल्ने छिन् । हस्ताक्षर कार्यक्रममा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत लालबहादुर थिङले गायिका राईसंगकोे सहकार्यले फाइनान्सको व्यवसायिक प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । यसले व्यवसायीक फाइदा पुग्नुका साथै संस्थागत सामाजिक उत्तरदायित्व मा पनि विशेष टेवापुग्ने उनले बताए।
त्यस्तै फाइनान्सको ब्राण्ड एम्बेसडर तथा चर्चित गायिका राईले फाइनान्सले व्यवसाय प्रवद्र्धनको लागि ब्राण्ड एम्बेसडर जस्तो गरिमाय पदमा नियुक्ति गरेकोमा आफू निकै गौरवान्ति भएको कुरा व्यक्त गरिन । उनले फाइनान्सको व्यवसायीक प्रवद्र्धनको लागि देश तथाविदेशमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन ।
कार्यकारी अधिकृत थिङले सबैको सहयोग र ग्राहकको अपार मायाले फाइनान्सले प्रगतिपथमा रहेको बताउँदै ब्राण्ड एम्बेसडर नियुक्तगर्नेमा ग वर्गको वित्तिय संस्थामा फाइनानन्स पहिलो भएको दावी गरे । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै फाइनान्सका अध्यक्ष प्रेम बहादुर खापुङ्गले संगित क्षेत्रकी हस्ती गायिका राईलाई यस संस्थाले ब्राण्ड एम्बेसडरकोरुपमा पाउँदा आफु खुशीको भएको कुरा बताए । अध्यक्ष खापुङ्गले संस्थाको विगतको दिनहरुलाई स्मरण गर्दे २४ वर्ष पूरा गर्दे गर्दा फाइनान्सले धेरै प्रगति गरेको र निकट भविष्यमै विकास बैंकको परिकल्पना समेत गरेको खुलासा गरे । कार्यक्रममा गोर्खा समुहका संयोजक पुरञ्जन राई, गोर्खाज फाइनान्स कापूर्व अध्यक्ष महेन्द्र लाल राई, सञ्चालक यादवचन्द्र राई, खड्ग बहादुर गुरुङ्ग तथा फाइनान्सका पदाधिकारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
राष्ट्रिय स्तरको गोर्खाज फाईनान्स लिमिटेडले सात वटै प्रदेशमा २३ वटा शाखा विस्तार गरि ग्राहकहरुलाई बैंकिङ्ग वित्तिय सेवा उपलब्ध गराउँदै आएको छ । ८६ करोड ८० लाख चुक्ता पूँजी रहेको फाइनान्सले मोबाइल, इन्टरनेट, बैकिङ्ग, आई.पि.एस., डेविट कार्ड, सि–आस्वा लगायत सेवाहरु सर्वसुलभरुपमा प्रदान गर्दै आएको छ ।