बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अस्थायी शिक्षकको सरकारसँगको विवाद अझैं सकिएन, गोल्डेन ह्यान्डसेक रोजेका शिक्षकको छुट्टै हाजिर

शुक्रबार, चैत्र ८ २०७५

काठमाडौं चैत, ८–
एक दशकको प्रयासपछि विद्यालय तहका अस्थायी शिक्षक व्यवस्थापन हुन लागे पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कमजोरीले तत्काल समस्या साम्य नहुने देखिएको छ । 
मन्त्रालयले बेलैमा योजना बनाउन नसक्दा सामुदायिक विद्यालयको पठनपाठन अझै केही समय झन् भद्रगोल हुने भएको छ । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकलाई गत असारमा आन्तरिक प्रतिस्पर्धा गराएर फागुन तेस्रो सातादेखि अन्तिम नतिजा प्रकाशन सुरु गरेको छ । 

तर आन्तरिक प्रतिस्पर्धामा असफल भएपछि विद्यालय जाने बाटो स्वतः बन्द भएका शिक्षकको ठाउँमा कसलाई लैजाने र उनीहरूले पढाइरहेको विषय कसले पढाउने समस्या भएको आजको अन्नपूर्ण पोष्टमा खबर छ ।  

यसबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय बेखबरजस्तै छ । यतिखेर सबै विद्यालयले कक्षा १ देखि ९ सम्मको अन्तिम परीक्षा सञ्चालन गरिरहेका छन् । अधिकांश विद्यालयले अन्तर्वार्तामा असफल भएका र गोल्डेन ह्यान्डसेक रोजेका शिक्षकलाई छुट्टै पुस्तिका बनाएर हाजिर गराएका छन् ।