बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राम्ररी पकाएको मासु खाँदा सर्दैन बर्ड फ्लु

बुधबार, चैत्र ६ २०७५

काठमाडौं चैत, ६–
बर्ड फ्लु कारण कुखुराको मासु खान हितकिचाउन नपर्ने चिकित्सकले बताएका छन् । राम्ररी पकाएको मासु खाँदा बर्ड फ्लु भाइरसले कुनै असर नगर्ने उनीहरुको दाबी छ । 

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा। विवेककुमार लालले मासु उपभोक्ता तुलनात्मक रुपमा सुरक्षित रहेको बताए । ‘काँचो मासु खानु हुँदैन्, पकाएर खानु पर्छ । पकाएर खाँदा बर्ड फ्लुको जोखिक हुँदैन,’ उनले भने ।

मासु उपभोग गर्नेभन्दा पशुपन्छीको स्याहारसुसार गर्ने किसान र कामदारको स्वास्थ्य जोखिममा छ । उनीहरुमा बर्ड फ्लु को संक्रमण हुने जोखिम रहेकाले सजग हुन चिकित्सकले सल्लाह दिएका छन् । यो समाचार अन्नपूर्णमा प्रकाशित छ ।