बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सत्तारुढ दलकै विद्यार्थीद्वारा त्रिविमा तालाबन्दी

मंगलबार, चैत्र ५ २०७५

काठमाडौं चैत, ५–
गण्डकी मेडिकल कलेज र किस्ट कलेजमा भइरहेको मनपरि शुल्कविरुद्ध सत्तारुढ दल निकटकै विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेका छन् । 
 सत्तारुढ नेकपाका दुई विद्यार्थी संगठन अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र महाराजगञ्ज स्वतन्त्र विद्यार्थी युनियनले संयुक्त रुपमा  त्रिविमा तालाबन्दी गरेका हुन् ।

तालावन्दी पछि विद्यार्थीहरुले मेडिकल कजेजमा भइरहेको मनपरिलाई टुलुटुलु हेरेर बसेको भन्दै त्रिभुवन विश्वविद्यालयका पदाधिकारी, डिन कार्यालयका साथसाथै परीक्षा नियन्त्रण कार्यालय तालाबन्दी गरिएको बताएका छन् । 
संगठनहरुले विद्यार्थीको फारम भर्ने र परीक्षाको वातावरण अविलम्ब बनाउन माग गरेका छन् ।

गण्डकी मेडिकल कजेजका सञ्चालकले परीक्षाको वहाना देखाएर तिमीहरुको भविष्य अन्योल बनाइदिन्छौं मुद्दा फिर्ता लेउ भन्दै  विद्यार्थीलाई मनोवैज्ञानिक त्रास देखाएको विद्यार्थी संगठनहरुको आरोप छ ।