बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नागरिक लगानी कोषद्वारा २२ प्रतिशत बोनस सेयर दिने घोषणा

बुधबार, फाल्गुन २९ २०७५

काठमाडौं फागुुन, २९–
नागरिक लगानी कोषले २२ प्रतिशतको अनुपातमा बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । कोषले आर्थिक बर्ष २०७४—०७५ को खुद मुनाफा मध्येबाट २२ प्रतिशतको अनुुपातमा २४ करोड २५ लाख १७ हजार चार सय ६४ रुपैयाँ बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । यसैगरी कर प्रयोजनको लागि एक दशमलव १६ प्रतिशत अर्थात एक करोड २७ लाख ६४ हजार ७७ रुपैयाँ नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको कोषले जनाएको छ । लाभांस वितरण सम्वन्धी कोषको यही फागुुन २७ गते बसेको सञ्चालक समितीको बैठकले गरेको निर्णय कोषको आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।