बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

पूर्णबहादुरका प्रकाश बिजय, सपूत बैगुनी?

सोमबार, कार्तिक २६ २०८१

अघिल्लो हप्ता रिलिज भएको नेपाली फिल्म ‘पूर्णबहादुर’को सारङ्गीले इतिहास रचेको छ । नेपालभर ९८ हलमा शनिबार मात्र ४६५ शो उक्त फिल्मले पाएको छ। मल्टिप्लेक्स सिनेमा हल चल्तीमा आएपछि कुनै पनि नेपाली फिल्मले यस्तो इतिहास कायम गर्न सकेको छैन । यस फिल्मका फूटेज, गीतहरुले पनि सामाजिक सञ्जालमा पनि उधुम मच्चाइरहेका छन्। बिजय बराल, प्रकाश सपूतलगायतका कलाकार रहेको फिल्म दोस्रो हप्तामा झनै चम्किएको छ । तर यसको एउटा रोचक पक्ष छ । यो फिल्म यहि समयमा रिलिज गर्ने विषयमा यसका अभिनेता सपूत राजी थिएनन् ।

यो फिल्मभन्दा अघि उनको आउँदै गरेको ‘बसन्त’ भन्ने फिल्म रिलिज गर्नुपर्ने पूर्वशर्त थियो । निर्माताहरू राजी हुन पनि सक्थे होला। किनकी यहि बेला बलिउडका दुई बलिया फिल्म ‘सिंघम अगेन’ र ‘भुल भुलैया ३’ पनि हलमा लागिरहेको थियो । रिस्क लिने र सपूतको मञ्जुरी तोड्न बाध्य हुनुपर्ने कारण बन्यो– आर्थिक भार पर्ने अवस्था। यसैकारण निर्माताहरूसहित निर्देशकले फिल्म रिलिज गर्ने निर्णय लिए। फिल्मको प्रमोशनदेखि अनेकमा अभिनेता बिजय बराललगायतले साथ दिँदा सपूत आएनन्। तर, प्रकाश सपूतले रिलिज भएको दिन अर्को प्रोजेक्टमा थिएँ भनेर अल्पकालिन बयान जारी गरे, फेसबुकबाट। त्यसपछि फिल्म रिलिज भएको दुई दिनसम्म सपूत कुनै हलमा पुगेनन् । जब फिल्मले तेस्रो दिनदेखि हाइप लिन सुरु गर्यो अनि उनमा लोकप्रियताको भोक जागेझैं भयो कि क्या हो, हल हल कुद्न थाले । स्क्रिनहरुमा देख्न पाइन्छ, उनीसँग निर्माण कम्पनी र अन्य कलाकार सँगै धेरै हल पुगेका छैनन्।

प्रकाश सपूत सुरुका दिनमा यस फिल्मका निम्ति बैगुनी केटाका रुपमा प्रस्तुत भएका थिए । जब यो विषय सतहमा आयो उनले फेसबुकबाट नै आफ्ना भनाई राखेर फिल्मलाई सहयोग गर्ने कुरा गरेनन् बरु बसन्तको काममा व्यस्त भएको भनी झारो टार्ने कामचाहिँ गरेका थिए । यसर्थ, उनको यो अहंकारको रुप सतहमा देखिन पुग्यो । कलाकारिताको क्षेत्रमा यस्तो बैगुनी काम कहिले नहोस्।