काठमाडौं फागुुन, २१–
एनएमबि बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र (डिबेञ्चर) जारी गर्ने भएको छ । बैंकले प्रतिऋणपत्र एक हजार रुपैयाँ अंकित मुल्य कायम रहनेगरी ३० लाख कित्ता बराबरको एनएमबि डिबेञ्चर २०८५ जारी गर्न लागेको हो ।
बार्षिक १० प्रतिशत ब्याजदर तोकिएको १० बर्षे अवधिको उक्त ऋणपत्रको बिक्री प्रर्वन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । बैंकका अनुसार यही फागुुन ३० गतेबाट खुल्ला हुुने ऋणपत्रको बिक्री कार्य छिटोमा चैत चार गते र ढिलोमा चैत १४ गते बन्द हुुने छ । बिक्री गरिने कुुल ऋणपत्र मध्य शुन्य दशमलव पाँच प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामुुहिक लगानी कोषको लागि बिक्री गरी बाँकी सर्वसाधारणमा बिक्री गरिने बैंकले जानकारी दिएको छ । अधिकृत पुंजी १० अर्ब तथा जारी पुंजी आठ अर्ब ७४ करोड ३७ लाख ८४ हजार दुुई सय २९ रुपैयाँ रहेको बैकको चुक्ता पुंजी आठ अर्ब ७४ करोड ३७ लाख ८४ हजार दुुई सय २९ रुपैयाँ रहेको छ ।