बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

काठमाडौंका १० रुटमा सोमबार गाडी नचल्ने

आइतबार, फाल्गुन १९ २०७५

काठमाडौं फागुन, १९–
महानगरीय ट्राफिक प्रहरी मशाखाले शिवरात्रीमा हुने भीडभाडलाई मध्यनजर राख्दै विभिन्न स्थानमा सवारी प्रवेशमा रोक लगाएको छ । प्रहरीले गौशाला आसपासका १० रुटमा सोमबार बिहानदेखि गाडी चल्न रोक लगाएको  हो । 
ट्राफिक महाशाखाका प्रमुख (एसएसपी) बसन्त पन्तका अनुसार
चावहिलबाट गौशालातर्फको सडक, पुरानो बानेश्वर–गौशाला, तिलगंगाबाट गौशालतर्फ, सिफलचौरबाट जयबागेश्वरीतर्फ लगायतका १० स्थानका रुटमा सवारी निषेध गरिएको छ । 
उनले भने, ‘सवारी निषेध गरिएका रुटमा बिहान गाडी चल्न पाउँछन्’, एसएसपी पन्तले भने, ‘दर्शनार्थीको प्रेशर बढ्दै गएपछि १० वटा रुपमा गाडी बन्द गर्ने गरी सवारी ब्यवस्थापन मिलाएका छौं ।’

ट्राफिक महाशाखाले पशुपति क्षेत्रको ट्राफिक ब्यवस्थापन मिलाउनका लागि ५ सय ८२ जना ट्राफिक प्रहरी त्यस क्षेत्रमा परिचालित हुने  जनाएको छ ।