काठमाडौं फागुन, १९–
शनिबार निधन भएका नेकपाका नेता भरतमोहन अधिकारी पार्थिव शरीरलाई तीन छोरीले बोकेका छन् । अधिकारीको छोरी शव अन्त्यष्टिका लागि पशुपति आर्यघाटमा लगिएको छ ।
स्वर्गीय अधिकारीका छोरीहरु लुना, लिमा र लिजाले अधिकारीको शवलाई काँधमा बोकेका हुन् । उपचारको क्रममा शनिबार बेलुका निधन भएका नेता अधिकारीको आइतबार अन्त्यष्टि हुँदैछ ।
अधिकारीको अन्तिम संस्कारअघि उनलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिएको थियो ।