बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

माछापुच्छ्रे बैंकको नयाँ शाखाको शुभारम्भ

बिहिबार, फाल्गुन १६ २०७५

काठमाडौ फागुुन, १६–
माछापुच्छ्रे बैंक लिमिटेडले ठाकुरद्वारा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले बुधबार बर्दियाको ठाकुरबाबा गाउँपालिकास्थित ठाकुरद्वारा शाखा कार्यालयको औपचारिक सुरुवात गरेको हो । उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष तथा पूर्व सभासद डा. विरेन्द्र प्रसाद महतोले गरेका हुुन् ।  नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ ।
बैंकले उक्त शाखामा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरीएको जनाएको छ । उक्त एटीएमको उद्घाटन ठाकुरबाबा गाउँपालिकाका उपमेयर कृष्ण कुश्माथारुले गरेका हुुन् । बैकले पुर्वमाझापा देखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ९४ वटा शाखाहरु र ६३ शाखा रहित बैकिङ्गसेवा समेत गरी जम्मा एक सय ५७ स्थानवाट ग्राहकहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधाप्रदान गरीरहेको छ । साथै, बंैकको देशभर एक सय १६ वटा एटीएमहरु संचालनमा रहेको छ ।