बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सभापति लामिछानेले अनुसन्धानमा निःशर्त सहयोग गर्नुपर्छ : महासचिव पोखरेल

बुधबार, असोज ९ २०८१

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी प्रकरणको अनुसन्धान प्रक्रियामा निःशर्त सघाउनु पर्ने बताएका छन्।

प्रेस चौतारी नेपालले धनगढीमा आयोजना गरेको पत्रकार सम्मलेनमा बोल्दै पोखरेलले अनुसन्धानलाई सघाउनुको सट्टा उल्टै अवरुद्ध गर्न खोजेको आरोप लगाए।

अनुसन्धानलाई नै रोक्ने गरी भइरहेका गतिविधिहरु कानुनी राज्यमाथिको उपहास भएको बताउदै एमाले महासचिव पोखरेलले कुनै पनि राजनीतिक दल र नेतृत्वले अभियोग लाग्दा अनुसन्धानमा सहयोग गर्नुपर्ने बताए। उनले जनताका बीचमा सुशासनका ठूला कुरा गरेर दल खडा गर्ने, आफूमाथि उठेका प्रश्नको सन्दर्भमा अनुसन्धान प्रक्रियामा जान नमान्ने कुनै अर्थमा उचित नभएको बताए ।

पोखरेलले अनुसन्धानको प्रक्रियामा प्रवेश गरेर सफाइ प्राप्त भएपछि मात्रै क्लनचिट प्राप्त हुने बताए। सहकारी छानबिन संसदीय समितिले कानुनसम्मत कारबाही गर भनेको विषयलाई क्लिन चिट भनेर प्रचार गर्नु गलत भएको समेत बताए।

पछिल्लो २०७९ सालको निर्वाचनपछि देशमा राजनितिक अस्थिरता देखिएकाले त्यसको अन्त्य गर्न ठुला दल मिल्नु परेको सिहंले बतए।बर्तमान सरकारले थुपै्र आशा जगाउने काम गरिरहेको बताउँदै पोखरेलले जनतामा आश पनि पलाएको दावी गरेँ।