बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रधानमन्त्रीसहित प्रमुख विपक्षीदलका नेता शीतल निवासमा, राष्ट्रपतिसँग गोप्य भेटवार्ता

सोमबार, फाल्गुन ६ २०७५

काठमाडौं फागुन, ६–
 आइतबार साँझ मुख्य  राजनीतिक दलका शीर्ष नेताहरु शीतल निवासमा पुगेका छन् । उनीहरु राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा शीर्ष नेता शीतल निवास पुगेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा साँझ पाँच बजे शितल निवास पुगेका हुन् । शितल निवास पुग्नेमा कांग्रेस उपसभापति विजयकुमार गच्छदार पनि थिए । 
शीतल निवास स्रोतका अनुसार भेटमा नेताहरुले राष्ट्रपति भण्डारीसँग समसामयिक विषयमा छलफल गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीका सचिवालयले भने भेटवार्ता र छलफलका विषयमा केही पनि खुलाएनन् ।