काठमाडौं माघ, २५–
सेञ्चुरी कर्मसियल बैंकको खुद मुनाफा बढेको छ । बैंकले चालुु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा ५१ करोड ९८ लाख ५० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा ३६ करोड ६५ लाख ३१ हजार रुपैयाँ रहेको थियो ।
चुक्ता पुंजी आठ अर्ब छ करोड ३४ लाख ३५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले चालुु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा ६४ अर्ब चार करोड ६६ लाख ४६ हजार रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब ८९ करोड ८० लाख २४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ३४ करोड ४१ लाख दुुई हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जाको अनुपात शुन्य दशमलव ८४ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा सोही बैंकले ५२ अर्ब १७ करोड ७१ लाख ७३ हजार रुपैयाँ निक्षेप संकलन गरी ४६ अर्ब ३६ करोड ६९ लाख ५९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ८९ करोड छ लाख ९० हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैकमा शुन्य दशमलव ९९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।