काठमाडौं । नेपाली तीर्थयात्री बोकेको बस बिहारको समस्तीपुर जिल्लामा दुर्घटना हुँदा ३५ भन्दा बढी घाइते भएका छन् ।
बाराबाट रक्सौल हुँदै झारखण्डको देवघर जल अर्पणका लागि गइरहेका तीर्थालु बोकेको बस आइतबार बिहान समस्तीपुरको मुसरीघरारी चोकमा दुर्घटनामा परेको हो ।
भारतीय मिडियाहरुका अनुसार ४३ जना सवार बसका २५ जना यात्रु घाइते भएको बताइएको छ ।
बसको एक्सल टुटेर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घाइतेहरूलाई उपचारका लागि मुसरीघरारी अस्पताल र सदर अस्पतालमा भर्ना गरिएको छ । बसमा जम्मा ४३ यात्रु रहेका थिए। समस्तीपुर प्रहरीका अनुसार घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ ।