बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एनबी बैंकको नाफामा उच्च वृृद्धि, ६ महिनामा कमायो ७९ करोड १८ लाख नाफा

मंगलबार, माघ २२ २०७५

काठमाडौं माघ, २२–
नेपाल बंगलादेश बैंक (एनबी) को नाफामा उच्च वृृद्धि देखिएको छ । बैकले चालुु आर्थिक बर्षको दोस्रो त्रैमाससिक अवधिमा ७९ करोड १८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा ४६ करोड ७९ लाख २० हजार रुपैयाँ रहेको थियो ।
चुक्ता पुंजी आठ अर्ब आठ करोड ८२ लाख ९९ हजार रुपैयाँ रहेको बैंकले चालुु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा ५२ अर्ब २७ करोड ४६ लाख ९७ हजार रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब ४० करोड ३४ लाख ५७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ३९ करोड ६५ लाख ४१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव ७८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । 
गत आवको सोही अवधिमा बैंकले ४१ अर्ब ९७ करोड ४६ लाख ५० हजार रुपैयाँ निक्षेप संकलन गरी ४१ अर्ब ८७ करोड १५ लाख २३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ८२ करोड ७४ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकको शुन्य दशमलव ७३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।