बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आइएमई लाइफ इन्स्योरेन्स र कञ्चन विकास बैकबीच सम्झौता

मंगलबार, माघ २२ २०७५

काठमाडौं माघ, २२– 
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र कञ्चन विकास बैंक लिमिटेड महेन्द्रनगरबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट सूदुर पश्चिम प्रदेश प्रमुख सुमन तिमिल्सीना र कञ्चन विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विरु रामजैशीले हस्ताक्षर गरेकाछन् । 
सम्झौता पश्चात सर्वसाधारण तथा बैंकका ग्राहकहरुले कञ्चन विकास बैंकको कुनै पनि शाखाबाट छिटो, छरितो र सहजरुपमा आइएमई लाइफ इन्स्योरेन्सको जीवनबीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् । 
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले हाल ६७ भन्दा बढी शाखा मार्फत सेवा प्रदान गर्दे आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सरल सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण, नगद फिर्ता तथा आजिवन लगायतका बीमा योजनाहरू ल्याएको छ । आइ.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य न्यून भन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पु¥याई नेपालमा जीवन बीमा बिस्तार गर्नु रहेको छ ।