मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

नेपाली सेनाको अधिकृत पदमा २८० जनाको भर्ना खुल्यो

शुक्रबार, भाद्र ७ २०८१

काठमाडौं । नेपाली सेनाले अधिकृत पद (सहायक सेनानी-उपसेनानी) मा भर्ना खुलाएको छ । अधिकृत सरहका यी पदमा २८० जनाका लागि भर्ना खुलेको हो ।

खुलातर्फ १४७, आदिवासी जनजाती कोटामा ३८, मधेशी कोटामा ३३, दलित कोटामा १८ र पिछडिएको क्षेत्रका लागि ६ जनाका लागि भर्ना खुलेको छ ।

यसैगरी सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक रुपमा अशक्त नेपाली सैनिकका सन्ततीका लागि १४ सिट छ्ट्याइएको छ ।

नेपाली सेनाले आज प्रकाशित गरेको सूचना अनुसार दरखास्त दिने म्याद भदौ ७ गतेदेखि असोज ५ गतेसम्म छ । असोज ६ गतेदेखि १२ गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त बुझाउन सकिने छ ।