काठमाडौं । पोर्चुगलमा आयोजना भएको घुम्ति राहदानी शिविरबाट नेपाली नागरिकले सेवा प्राप्त गरेका छन् ।
नेपाल सरकार, परराष्ट्र मन्त्रालय, राहदानी विभाग काठमाडौँ र नेपाली राजदूतावास पेरिसले आयोजना गरेको घुम्ति शिविरमा ३ हजारभन्दा बढी नेपाली नागरिकले सेवा प्राप्त गरेका हुन्।
फ्रान्सको पेरिसस्थित नेपाली राजदूतावासका अनुसार पोर्चुगलको लिस्वनमा गत अगस्ट २ देखि १३ सम्म आयोजना गरेको राहदानी घुम्ति शिविरमा ३ हजार ८ सय २९ जनाले आफ्नो राहदानी नवीकरणको सेवा लिएका हुन्। राहदानीसम्बन्धी घुम्ती शिविरबाट रु सात करोड २० लाख ११ हजार पाँच सय ५४ राजस्व सङ्कलन भएको छ ।
सेवा लिनेमा १२१ ज्ना नावालक, ३३ सय ८० नवीकरण र हराएका ३२८ जना रहेको दूतावासले जनाएको छ।
पोर्चुगलमा हाल ५० हजारभन्दा बढी नेपालीहरू बसोबास गर्दै आएका छन्।
तत्कालमा समस्याको रुपमा देखिएको कागजात प्रमाणीकरण सम्बन्धी समस्या समाधान गर्न नेपाली राजदूतावास पेरिस गम्भीर रहेको र यस्ता समस्या समाधान गर्न दूतावास प्रयत्नशिल रहेको पनि दूतावासले जनाएको छ।