काठमाडौ माघ, १७–
सन नेपाल लाइफ इन्स्योरेन्स र कैलाश विकास बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र कैलाश विकास वैंककोतर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौताअन्र्तगत कैलाश विकास बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहजरुपमा सन नेपाल लाइफबाट प्राप्तगर्न सक्नेछन् र उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु कैलाश विकास बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।