काठमाडौं । हिमालयन बैंकको खुद मुनाफा बढेको छ । बैकले आर्थिक बर्ष २०८०/०८१ मा दुई अर्ब ८३ करोड ८० लाख ४९ हजार एक सय ४४ रुपैंयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा बैंकको यस्तो नाफा एक अर्ब ५६ करोड २८ लाख १७ हजार नौं सय ४४ रुपैंयाँ रहेको थियो।
हाल चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार छ सय ३२ रुपैंयाँ रहेको बैंकले आव २०८०/०८१ मा दुई खर्ब ९३ अर्ब ८९ करोड ९५ लाख ९० हजार तीन सय नौं रुपैंयाँ निक्षेप संकलन गरी दुई खर्ब ३२ अर्ब ७१ करोड ८८ लाख ७९ हजार तीन सय ९३ रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ११ अर्ब ६१ करोड ९४ लाख नौं हजार दुई सय ८३ रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा चार दशमलव ९१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने पाँच अर्ब ७८ करोड ४६ लाख ३२ हजार तीन सय ८२ रुपैंयाँले ऋणात्मक रहेको बैंकको स्प्रेड दर भने तीन दशमलव ९९ प्रतिशत रहेको छ।
अघिल्लो आवमा भने बैंकले दुई खर्ब ७५ अर्ब ३१ करोड नौं लाख ९३ हजार छ सय ८२ रुपैंयाँ निक्षेप संकलन गरी दुई खर्ब २७ अर्ब ४० करोड २१ लाख ६७ हजार एक सय ३६ रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा नौं अर्ब ९२ करोड सात लाख ८२ हजार एक सय ६९ रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा चार दशमलव ९३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने वितरणयोग्य नाफा तीन अर्ब २४ करोड २६ लाख २५ हजार छ सय ३८ रुपैंयाँ रहेको थियो।