काठमाडौं । ग्लोवल आईएमई बैंकले आर्थिक बर्ष २०८०/०८१ मा छ अर्ब एक करोड ६२ लाख १६ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने बैंकको यस्तो नाफा छ अर्ब ६९ करोेड ४३ लाख ५८ हजार रुपैंयाँ रहेको थियो।
हाल चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख ७० हजार रुपैंयाँ रहेको बैंकले आव २०८०/०८१ चार खर्ब ८७ अर्ब ४६ करोड २५ लाख ४० हजार रुपैंयाँ निक्षेप संकलन गरी तीन खर्ब ६९ अर्ब ४५ करोड ८० लाख ४४ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १६ अर्ब ६३ करोड ७९ लाख २५ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा चार दशमलव ३७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा एक अर्ब १० करोड ४५ लाख ६६ हजार रुपैंयाँ रहेको बैंकको स्प्रेड दर भने तीन दशमलव ९९ प्रतिशत रहेको छ।
अघिल्लो आवमा भने बैंकले चार खर्ब २६ अर्ब ३२ करोड ५४ लाख ४६ हजार रुपैंयाँ निक्षेप संकलन गरी तीन खर्ब ५४ अर्ब ४६ करोड ६७ लाख ४८ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १७ अर्ब १० करोड ६९ लाख ९१ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दशमलव १५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने वितरणयोग्य नाफा तीन अर्ब २४ करोड ३३ लाख ६२ हजार रुपैंैयाँ रहेको थियो।